पोखरा । पेट्रोलियम पदार्थको आयात नहुँदा मुलुकभर पेट्रोल पम्पहरुमा हाहाकार छ पोखराका अधिकांश पेट्रोल पम्पले सूचना टाँसेर वितरण रोकेका छन् । बिहीबारदेखि नै पोखराका पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण गर्न नसकेको जनाएका छन् ।
पोखराका अधिकांश पेट्रोल पम्पमा सूचना टाँस गरेर दिउँसो ४ बजेमात्र पेट्रोलियम पदार्थ वितरण गर्न सक्ने जनाएका हुन् । तर, यसरी तेलको हाहाकार हुँदा नेपाल आयल निगमका उच्च अधिकारी भने विदेश घुमघाममा छन् । उनीहरु हुल बाँधेर नै ईन्डोनेशियाको बाली पुगेका छन् ।
निगमको योजना प्रशासन तथा मानव संसाधन विकास विभाग निर्देशक निर्मला आचार्य, योजना प्रशासन तथा मानव संसाधन विकास विभाग प्रबन्धक दिपक प्रसाद घिमिरे, योजना प्रशासन तथा मानव संसाधन विकास विभाग कार्यरत तथा नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियन ट्रेड युनियन अध्यक्ष तथा उप प्रबन्धक बिकास बखती, आपूर्ती तथा वितरण विभाग ÷ एल पि जि ग्याँस तथा एभिएशन विभाग निर्देशक दिपक बराल,गुणस्तर नियन्त्रण तथा अनुगमन विभाग /आन्तरिक नियन्त्रण तथा अनुगमन विभाग कार्यरत निर्देशक बिनी क्षेष्ठ र नेपाल आयल निगम राष्ट्रीय कर्मचारी संघ अध्यक्ष मधुमास पुन बाली घुमघाममा छन् । उनीहरुलाई बाली घुमघामको प्रबन्ध निगमका कार्यकारी निर्देशक उमेश थानीले गरेका हुन् ।
उनीहरु गत नोभेम्बर १५ मा बालिका लागि उडान गरेका हुन् ।