काठमाडौं । काठमाडौं सहित विभिन्न स्थानमा विहिबार राती ठूला भूकम्पको महशुस भएको छ । राती एक बजेर १९ मिनेटमा भूकम्पको महशुस भएको हो । भूकम्पको धक्काले लामो समय हल्लाएपछि काठमाडौंका सर्वसाधरण घरबाट बाहिर निस्कने कोशिस गरेका थिए । आजको भूकम्पको केन्द्रविन्दुबारे राष्ट्रिय भूकम्प मापन केन्द्रको सिस्टम हालसम्म बेखबर छ ।