दुर्गा प्रसाइँको आन्दोलन माइतिघर तर्फ सोझियो : प्रहरी झडपको संभावना

दियो पोस्ट  

काठमाडौं । राष्ट्र राष्ट्रियता बचाउने तथा राजसंस्था र हिन्दुराष्टको नारा लिएर सडक अभियानमा आएका दुर्गा प्रसाइँ नेतृत्वको राजावादी समुहको आन्दोलन माइतिघर मण्डला तर्फ सोझिएको छ । सरकारले प्रसाइँ समुहलाई बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न क्षेत्र नै निर्धारण गरिदिए अहिले केहीबेर अघि देखि तनावपूर्ण अवस्था बन्दै गएको छ ।

निषेधित क्षेत्र तर्फ आन्दोलन अघि बढ्न लागेपछि प्रहरीले आन्दोलनकारीलाई सम्झाई बुझाई गरिरहेको छ । तर, राजावादी समुहले भने सिंहदरबारको पर्खाल भत्काउन जाने भन्दै प्रहरीमाथि हातपात गर्ने कोशिस गरिरहेका छन् ।