तिनकुनेबाट महेश बस्नेतले भने,‘यो जुलुश बल्खु जान पर्यो भने कमिला किचिए जस्तो हुनेछ’

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले बल्खुमा आफ्ना कार्यकर्तामाथि दुर्गा प्रसाइँ समुहले आक्रण गरेको भन्दै प्रतिकार गर्ने धम्की दिएका छन् ।

तिनकुनेमा भइरहेको जुलुशलाई सम्बोधन गर्दै बस्नेतले भने,‘बल्खुमा हाम्रो जुलुशमा आएको ५ सय जनाको समुहमाथि दुर्गा प्रसाइँको समुहले डिस्टर्ब गरेको थाहा पायौँ । प्रहरीले संयमता पूर्वक काम गरोस् । होइन भने हाम्रो यो जुलुश बल्खु जान पर्यो भने कमिला किचिए जस्तो हुनेछ ।’

बस्नेत र प्रसाइँ समुहले राजधानीमा आज विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् ।