बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने दुर्गा प्रसाईंको अभियान समर्थक ५ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थकहरु ५ जना पक्राउ परेका छन् ।

काठमाडौंको विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ पर्नेहरूको नाम सार्वजनिक गरिसकेको छैन ।

बिहिबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए ।प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काएको र अराजकता फैलाएको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न रहेका अन्य व्यक्तिहरूलाई प्रहरी खोजी गरिरहेका छन् । आफ्ना कार्यकर्ताहरु पक्राउ परेपछि प्रसाईंले केही बेरमा पत्रकार सम्मेलन गर्ने बताएका छन् ।