प्रहरीद्वारा दुर्गा प्रसाईँ आफ्नै घरमा नजरबन्द

दियो पोस्ट  

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत थप आन्दोलनको कार्यक्रमलाई लक्षित गर्दै प्रहरी–प्रशासनले नयाँ रणनीति बनाएको छ ।

दुर्गा प्रसाईँको भक्तपुर थिमीस्थित निवासमा नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले घरलाई वरपरबाट घेरेको छ ।

उनलाई त्यहाँबाट निस्कन नदिने प्रहरीको तयारी गरेको सुरक्षा स्रोत जानकारी दिए । प्रहरीले आज बिहान प्रसाईँका केही समर्थकलाई पक्राउसमेत गरेको छ ।

सिफारिस