बल्खुमा भएको प्रदर्शनमा प्रहरीले प्रयोग गरेको अश्रुग्यास म्याद सकिएको भेटियो

दियो पोस्ट  

काठमाडौं । बिहीबार बल्खुमा भएको प्रदर्शनमा प्रहरीले म्याद सकिएको अश्रुग्यास प्रयोग गरेको भेटिएको छ।

प्रहरीले बल्खुमा एक सय ५७ सेल अश्रुग्यास प्रहार गरेको थियो भने पाँच राउण्ड रबरको गोली हानेको थियो। प्रहरीले प्रहार गरेका अश्रुग्यास सेलमध्ये कतिपयको म्याद सकिएको थियो।

३८ एमएम टियर ग्यास स्मोक सेलको मिति सन् २०१२ अगष्‍टमा सकिएको थियो। तर उक्त अश्रुग्यास बिहीबार बल्खुमा प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले प्रहार गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले भने, ‘म्याद सकिएको अश्रुग्यास प्रयोग भएको भन्ने मैले पनि समाचारबाट थाहा पाएको हुँ। बिहीबार प्रहरी प्रधान कार्यालयलगायत विभिन्न युनिटका प्रहरीहरू बल्खुमा खटिएका थिए । ‘हतारहतारमा लिँदा म्याद सकिएको परेको हो कि के हो प्रहरी प्रधान कार्यालयले बुझ्दैछ।’

बल्खुको प्रदर्शनमा पाँच जना प्रहरीसहित २८ जना घाइते भएका थिए। प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ।

सिफारिस