दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरेर राखेपछि रिट लिएर डा. भण्डारी पुगे सर्वोच्च अदालत

दियो पोस्ट  

काठमाडौं । गणतन्त्र विरोधी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरेर राखिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

प्रसाईंले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिएको थिएन ।

प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन । जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार प्रसाईंलाई उनकै सुरक्षा समवेदनशीलतालाई ध्यानमा राख्दै घरमै बस्न आग्रह गरिएको जनाएको छ ।

सिफारिस