व्यवस्था विरुद्ध लागेका कुमारी बैंकका नवनियुक्त सिइओ खनालमाथि आफ्ना मान्छे सेटिङ्ग गरेको आरोप

दियो पोस्ट  

 

काठमाडौं । राष्ट्र बैंकको गलत नितिका कारण आर्थिक क्षेत्रमा फैलिएको बेथिति र अराजकताले मुलुक थलिएको छ । यसरी थलिएको मुलुकबारे नितिगत र तथ्यगत विश्लेषण गर्नुपर्ने आफूलाई आर्थिक क्षेत्रका विज्ञ भनिनेहरु नै गलत प्रचार प्रसारमा लाग्दा नेपालमा फेरी अर्को द्वन्दको खतरा बढ्दो छ । केही निजि बैंकका जागिरेहरु समेत नेपालको संघीय प्रणालीलाई दोष देखाएर आफ्नो दोष भागिताबाट मुक्त हुने कोशिसमा छन् । बैंक तथा वित्तिय क्षेत्रमा देखिएको ब्याजदर अनियमितताका कारण नेपालमा दुर्गा प्रसाइँहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले खुलमखुल्ला बैंक तथा वित्तिय संस्थाका संचालकहरुको नामै लिएर आन्दोलन घोषणा गरिरहेका छन् । तर, एक नीजि बैंकका सिइओ भने संघीय प्रणालीलाई दोष दिएर व्यवस्था विरुद्ध लागेका छन् । त्यसरी व्यवस्था विरुद्ध लाग्ने सिइओ हुन् कुमारी बैंकका भर्खरै नियुक्त भएका रामचन्द्र खनाल । उनी यतिबेला बैंकको सिइओ भन्दा पनि संघीय प्रणालीको विषयमा विज्ञ देखिन थालेका छन् । उनै खनालले आफू सिइओ नियुक्त भएपछि एउटा गैरकानुनी काम गरेको समेत खुलाशा भएको छ ।
नवनियुक्त कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र खनालको छिमेकि रहेका कारोवार मिडिया प्रा.लि.का संचालक रेशम बगालेलाई बैंकको एजेन्सिमा नियुक्त गर्ने गुपचुप तयारी गरेका छन् ।

सीइओ खनाल गोरखा भिमसेनथापा गाउँपालिका ७ का र बगाले सुलिकोट बारपाकका वारिपारि डाडाँका बासिन्दा हुन् ।
गत वर्षदेखि कुमारी बैंकको सम्पूर्ण सूचना तथा व्यवसायीक विज्ञापनको जिम्मेवारी लिएर काम गदै आएका बगालेले आफु निकटकाहरुसंग कुमारी बैंकमा खनाल रहुन्जेल आफुसंग अन्य विज्ञापन एजेन्सिहरुले प्रतिस्पर्धा गर्न नसक्ने भन्ने गरेका छन् ।

त्यसो त गतवर्षको एजेन्सि को म्याद सकिएपछि सिइओ खनालको इच्छामा प्रतिष्पर्धा गरेको देखाएर अन्य एजेन्सिहरुले बैंकमा हालेको दररेट बगालेलाई उपलब्ध गराएर बगालेले मिडियासंग अर्को एजेन्सिलाई यति दिने मलाई यति चाहिन्छ भन्दै बार्गेनिङ गर्ने गरेको मिडिया स्रोत बताउँछ ।
मिडियाका साथीहरुलाई बोलाउने र आफ्नो कुर्सीमा सुतेरै बगालेले मलाई सहयोग नगर्ने हो भने कुमारी बैंकमा खनाल हुन्जेल अरुको केहि चल्दैन अनि म सहयोग गर्दिन भन्दै धम्काउने गरेका थिए ।

सिइओ खनालको इच्छाअनुसार बैंकका तत्कालिन सिइओ रमेश अर्यालले बगालेको कारोवार मिडियालाई एजेन्सि नियुक्त नगरि बसेका थिए भने खनालको जोडबलमा एजेन्सि नियुक्त नहुल्जेल भन्दै उनै बगालेको कारोवार मिडियालाई एजेन्सिको काम गर्न दिइएको थियो ।

यसै समयमा बैंकका सिइओ अर्यालले राजिनामा दिएसंगै बगालेलाई बिना प्रतिस्पर्धा एजेन्सिमा नियुक्त हुने बाटो खुलेको छ ।

बैंकको सिइओमा खनाल नियुक्त भएसंगै बगालेले कुमारी बैंक तथा कुमारी क्यापिटलको समेत एजेन्सिको रुपमा काम गर्न अख्तियारी पाउन लागेको स्रोतले बतायो ।
बगालेले सिइओ खनाल आफ्नो भाई सरहको भएकोले आफ्नो बिशिष्ट सम्बन्ध रहेको र कुमारीको नामबाट हुने सबै कारोवार आफु मार्फत हुने र सो को जिम्मेवारी सिइओ खनालले लिएको अभिव्यक्ति दिने गरेका छन् ।