[अन्तर्वार्ता] लघुवित्त पीडित मनिराम ज्ञवाली भन्छन्, ‘दुर्गा प्रसाइँ फस्नु भो’

खुमा वली  

काठमाडौं । पछिल्लो समय लघुवित्तको ऋण र यसले नेपाली समाजमा पारिरहेको असर लगातार चर्चाको विषय बनेको छ । लघुवित्त पीडितको संख्या र समस्या भयावह छ । र, यसविरुद्ध संगठित आन्दोलन अघि बढ्न खोजेको छनक देखिएको छ । ग्रामिण जनताको समृद्धिका लागि सहयोग गर्ने उद्देश्यले सरकारले नै स्थापना गरेको लघुवित्तहरूले छोटो समयमै मोटो रकम कमाउने तर जनता भने उठीबास लाग्नु पर्ने अवस्था आएको छ । यहि समस्यालाई टेकेर मेडिकल व्यावसायी दुर्गा प्रसाइँले राजा फर्काउने भन्दै अभियान चालेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा प्रसाइँले अराजक गतिविधि गरेपछि सरकारले नियन्त्रणको कोशिस गरिरहेको छ । लघु वित्तको समस्या के हो ? लघु वित्तको समस्या व्यवस्था परिवर्तनबाट समाधान हुन्छ ? यीनै विषयमा दियोपोस्टले लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीसँग प्रश्नोत्तर गरेको छ ।

 

उनको अन्तर्वार्ताको हाइलाइट :

– जनकपुर चुरोट कारखाना डुबाएर सुर्य टोब्याको खोल्ने ज्ञानेन्द्र शाहलाई ल्याएर ऋण मिनाह हुँदैन । यो वाहियात कुरा हो ।

– प्रधानमन्त्रीले भनेको कुरा राष्ट्र बैंकमा लागु भएको छैन । प्रधानमन्त्री ठूलो हो की गभर्नर ठूलो हो ? गभर्नर जिले हेलेचेक्र्याइँ गरिरहनु भएको छ । च्याउ उमारे झैँ लघु वित्त उमार्ने काम भयो ।

– दुर्गा प्रसाइँको आन्दोलनलाई हामी साथ दिन सक्दैनौँ । हामी गणतन्त्रलाई माया गर्छौं ।

– राजा ल्याएर वित्तिय शोषण अन्त्य हुन्छ भन्नु वाहियात हो ।

–वित्तिय क्षेत्रका कारण बल्झिएको परिस्थितिका कारण पीडा एकातिर छ । दुर्गा प्रसाइँजीलाई राजा चाहिएको छ । दुर्गा प्रसाइँजी फस्नु भयो ।

– अराजक किसिमले आएको मौद्रिक नीति समस्या हो । यसलाई हल गर्नुपर्छ ।

पुरा भिडियोमा हेर्नुहोस् ।

 

 

सिफारिस