थाँक्रेमा अवैध ढुंगा उत्खनन् : व्यक्तिले गरेको जथाभावी उत्खननमा स्थानिय निकायको मिलेमतो [भिडियो]

दियो पोस्ट  

धादिङ्ग । धादिङ्गको थाँक्रे गाउँपालिका ७ कामिटार खोलामा अवैध रुपमा उत्खनन् भएको पाइएको छ । स्थानिय नारायण थापाले अवैध रुपमा ढुंगा उत्खनन् गरेका हुन् । स्थानिय वडाध्यक्ष युवराज खतिवडाका आफन्त समेत रहेका थापाले अवैध रुपमा पहाड खोतलेर दैनिक २ सय टिप भन्दा बढी ढुंगा विक्री गरिरहेका छन् ।

यसरी अवैध उत्खनन् हुँदा स्थानियबासी पहिरोको जोखिममा परेका छन् । साँधसिमानाको खेत बारी पहिरिने जोखिम झनै बढेको छ । स्थानियबासीका अनुसार थापाले अवैध रुपमा उत्खनन् गरिरहँदा पनि गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले कुनै कारबाही गर्न सकेका छैनन् । गत कार्तिक २० गतेबाट उत्खनन् सुरु भएको स्थानियबासीको भनाई छ ।

यता अवैध रुपमा उत्खनन् गर्दै आएका थापाले भने आफूले खेत बनाउनका लागि उत्खनन् गरेको बताए । उनले उक्त ढुंगा सगुन कन्स्ट्रक्सनलाई बेचेको समेत बताए । आफूले खानी उत्खनन् गर्दा स्थानिय निकायसँग समन्वय गरेको बताए ।

भिडियो हेर्नुहोस्

 

सिफारिस