हङकङको आगलागीमा ९४ को मृत्यु, दर्जनौँ घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौँ । हङकङमा बुधबार भएको भीषण आगलागीमा परेर ९४ जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका अधिकारीहरूले जनाएका छन्।

अधिकांश मानिसहरुले सुतिरहेको अवस्थामा धुवाँमा निसास्सिएर ज्यान गुमाएको बताइएको छ। प्रारम्भिक अध्ययन अनुसार विद्युत् सर्ट भई आगो लागेको अनुमान गरिएको छ। तथापि, वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्।

बुधबार मध्यराततिर शहरको घना बस्ती रहेको क्षेत्रमा अवस्थित आवासीय भवनमा आगलागी सुरु भएको थियो। ती अग्ला भवनहरूमा स्थानीय परिवारदेखि लिएर विदेशी कामदारसम्म बसोबास गर्दै आएका थिए।

घाइतेहरूलाई नजिकैका विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ, भइरहेको बताइएको छ । घाइतेहरु अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।

आगलागीबाट विस्थापित भएकाहरूका लागि नगर प्रशासनले अस्थायी आवासको व्यवस्था मिलाएको छ। साथै, हङकङ प्रशासनले मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने र राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाइने प्रतिबद्धता जनाएको छ।

सिफारिस