घोराही, कार्तिक १५ । देउखुरीमा मोटरसाइकल र ट्याक्टर ठोक्किएर एक जनाको मृत्यु भएको छ । गए राति रा४प ५५३५ मोटरसाइकल र रा१त १३६७ नं को ट्याक्टर ठोक्किएर लमही–३ जखेरा बस्ने २० वर्षीय कौशल चौधरीको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत अर्नहवा भन्ने स्थानमा भएको दुर्घटनामा जखेराकै २२ वर्षीय रोशन चौधरी घाइते हुनुभएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।