सिके राउतलाई थप १५ दिन थुनामा राख्न अदालतको निर्देशन

दियो पोस्ट  

काठमाडौँ, कात्तिक १५ । जिल्ला अदालत रौतहटले स्वतन्त्र मधेश गठवन्धनका संयोजक डा. सिके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश गरेको छ । न्यायधिश पञ्काश श्रेष्ठको इजलासले राज्यविरुद्धको सांगठनिक अपराधको मुद्धामा फैसला सुनाउदै राउतलाई थप १५ दिनसम्म थुनामा राख्न आदेश गरेको हो ।

राज्यविरुद्धको अपराधमा पक्राउ परेका राउतलाई हाल संगठित अपराधको मुद्धा चलाएको छ । उनिसंगै जिल्ला संयोजक अशोक सिंह, वीरेन्द्र दास, जयप्रकाशकुमार साह, दिनेशलाल यादव लगायतका पाँच नेताहरु जिल्ला प्रहरी कार्यलय रौतहटको हिरासतमा रहेका छन ।

सामान्य तारेखका लागि अदालत आउँदा परिसरबाटै पक्राउ गरि अनावश्यक मुद्धा चलाएको आरोप लगाउदै राउतले दुख ब्यक्त गरेका छन् ।

TATA ADD