बलात्कारको झुटो रिपोर्ट बनाउने चिकित्सकलाई यस्तो मुद्दा

दियो पोस्ट  

धनुषाका दुई डाक्टरमाथि बलात्कारीलाई जोगाउन गलत रिपोर्ट दिएको आरोप

काठमाडौं, कार्तिक १७ । अभियुक्तलाई जोगाउन बलात्कार मुद्दामा पीडितको गलत स्वास्थ्य परीक्षण रिपोर्ट दिएको अभियोगमा दुई चिकित्सकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार अञ्चल अस्पताल, जनकपुरधाम, धनुषाका डा। भिके सिंह भनिने विजयकुमार सिंह र डा। रम्भा गोइतविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूले अभियुक्तलाई फाइदा हुने गरी गलत स्वास्थ्य परीक्षण रिपोर्ट बनाएको आरोप छ । अनुसन्धानका क्रममा नियतबस नै उनीहरूले गलत रिपोर्ट दिएको खुलेपछि मेडिकल काउन्सिलले यसअघि नै उनीहरूको लाइसेन्स निलम्बन गरेको थियो ।

भ्रष्टाचार निवारण ऐन ०५९ को दफा १९ को उपदफा ९२० बमोजिमको कसुर गरेको देखिएकाले दुई चिकित्सकविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए ।

एक वर्षसम्म कैद हुन सक्ने
अभियोग प्रमाणित भए चिकित्सकद्वयलाई एक वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुन सक्नेछ । भ्रष्टाचार निवारण ऐन ०५९ को दफा १९ को उपदफा ९२० मा ‘सरकारी निकाय वा सार्वजनिक संस्थाको कामको सिलसिलामा कुनै विषयको अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिनुपर्ने कर्तव्य भएको राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले त्यस्तो अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिँदा बदनियतपूर्वक भए गरेका कुरा लुकाइछिपाई वा नभए नगरेका कुरा देखाई प्रतिवेदन दिएमा त्यस्तो व्यक्तिलाई कसुरको मात्रा अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुनेछ’ भन्ने उल्लेख छ ।

यस्तो थियो घटना
८ भदौमा धनुषा, जनकनन्दनी गाउँपालिका–२ की १२ वर्षीयालाई स्थानीय २३ वर्षीय किरण खत्वेले बलात्कार गरेका थिए । इलाका प्रहरी खजुरीले भोलिपल्ट जनकपुर अञ्चल अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो । डा। विजयकुमार सिंह र डा। रम्भा गोइतले बालिकाको यौनांग नच्यातिएको तथा शरीरका अन्य भागमा पनि घाउ नभएको भन्दै ११ दिनपछि प्रतिवेदन तयार पारी प्रहरीलाई दिएका थिए ।

पछि सिरहा अस्पतालका डा। राकेशकुमार सिंहको नेतृत्वमा पुनः स्वास्थ्यपरीक्षण गराउँदा यौनांग च्यातिएको तथा अनुहारका विभिन्न भागमा चोट रहेको पाइएको थियो । बदमासी खुलेपछि जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले चिकित्सकद्वयलाई कारबाही गर्न नेपाल मेडिकल काउन्सिलमा पत्राचार गरेका थिए । त्यसपछि डा। हरिहर वस्तीको नेतृत्वमा मेडिकल काउन्सिलका अधिकारी सम्मिलित समितिले छानबिन गर्दा नियतबस नै चिकित्सकद्वयले गलत रिपोर्ट दिइएको पुष्टि भएको थियो ।

सो मुद्दाका अभियुक्त खत्वे पुर्पक्षका लागि कारागारमा छन् । अभियुक्तलाई जोगाउन नियतवश प्रमाण नष्ट गर्नेलाई पनि मुद्दा चलाउन सकिने प्रावधान फौजदारी अपराध संहितामा रहेकाले अख्तियारले चिकित्सकद्वयविरुद्ध मुद्दा दायर गरेको हो ।

शिक्षाका उपसचिवविरुद्ध मुद्दा दायर
जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ, पर्साका एकाइ प्रमुख ९उपसचिव० लालबाबु साहविरुद्ध शुक्रबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । साह गत महिना घुससहित पक्राउ परेका थिए ।

विद्यालयको भवन निर्माण गर्न निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैंकमा रोक्का भएको रकम फुकुवा गर्न ४० हजार रुपैयाँ लिएका थिए । आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो । त्यस्तै, आयोगले यातायात व्यवस्था कार्यालय, वागमती, सवारीचालक अनुमतिपत्र, सुकेधारा, काठमाडौंका अधिकृत लोकबहादुर लामा र नायब सुब्बा नवराज पराजुलीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

लिखित र प्रयोगात्मक परीक्षा पास गरिसकेका सेवाग्राहीलाई परीक्षामा फेल भएको भन्दै पास गराइदिने प्रलोभन देखाई पराजुलीले पाँच हजार रुपैयाँ घुस लिएका थिए । उनलाई रंगेहात पक्राउ गरी अनुसन्धान गर्दा त्यसमा अधिकृत लामाको समेत मिलेमतो देखिएकोले दुवैजनाविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । शनिबारको नयाँपत्रिका दैनिकमा खबर छ ।

TATA ADD

सिफारिस