नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

diyopost.com
Diyo post   शनिबार, कार्तिक १७, २०७५ | १०:१७:०८

पशुपतिनगर, कार्तिक १७ । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ ।

उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर