मनलाग्दी ढंगबाट स्थानिय तहको केन्द्र धमाधम परिवर्तन हुँदै

diyopost.com
Diyo post  मंगलबार, कार्तिक २०, २०७५ | ८:११:१४

काठमाडौँ, कात्तिक २० । ७ सय ५३ तहमध्य ६६ गाउँपालिका र नगरले प्रस्ताव नै दर्ता नगरि स्थानिय तह पुनर्संरचना आयोगले तोकेभन्दा अन्तै मुकाम सारेका छन् । जनप्रतिनिधिहरुले आफ्नो राजनीिितक शक्ति तथा स्वार्थ देखाउन केन्द्र बदल्न थालेका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीले बताएका छन् ।

इलामको सन्दुकपुर गाउँपालिकाको केन्द्र ,सुनसरीको भोक्राहा गाउँपालिका, खोटाङमा लामिडाँडा गाउँपालिकाको केन्द्र , साकेला गाउँपालिकाको केन्द्र मातिमबाट वडा ४ स्थित मानेभञ्ज्याङ, बराहपोखरी गाउँपालिकाको केन्द्र, दोलखाको बैतेश्वर गाउँपालिका, रामेछापको लिखु गाउँपालिकाको , सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका, महाभारत गाउँपालिका लगायतका गाउँपालिकाहरुको केन्द्र प्रस्ताव र स्विकारविना नै परिवर्तन गरिएको छ । । मकवानपुरमा बागमती गाउँपालिका, बकैया गाउँपालिका र छतिवन गाउँपालिकाको कार्यालय हात्तीसुँढे र मनहरी गाउँमापालिकोको कार्यालय रजैयामा कायम गरिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका, धादिङको नेत्रावती गाउँपालिकाको केन्द्र, नुवाकोटको मेघाङ गाउँपालिका, रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको केन्द्र फेरिएको छ ।

मनाङ, म्यादी, गोरखा , तनहुँ, स्याङजा, रोल्पा , सल्यान, रुकुम, जाजरकोट, डोल्पा, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, पाँचथर, झापा, भोजपुर, लगायत विभिन्न जिल्लाका विभिन्न गाउँपालिकाका कार्यलयहरु मनपरि ढंगबाट जनप्रतिनिधिहरुले स्थान परिवर्तन गरेका छन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

सम्बन्धित खबर