काठमाडौं, कार्तिक २१ । तिहार, नेपाल सम्वत् र छठ पर्वको अबसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले दिवाभोजको आयोजना गरिन् । भण्डारीले राष्ट्रपति कार्यलय शित्तल निवासमै दिवाभोजका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, पूर्वसभामख र प्रमुख चार पार्टीका नेताहरुलाई बोलाईन ।
दिवाभोजपछि राष्ट्रपति भण्डारीले मुलुकको राजनीतिक परिर्वतनमा दलहरुले निर्णायक भूमिका निर्वाह गरेको बताईन ।
अब देशको विकास र आर्थिक समृद्धिको यात्रालाई सफल पार्न उनले आग्रह गरिनन् । साथै आर्थिक विकासको अभियानलाई तीव्रता दिन सरकार र दलहरुलाई आफ्नो सहयोग समेत रहने उनले बताईन ।
यी हुन दिवाभोजमा सहभागी गृहमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र नेताहरु
-
उपराष्ट्रपति नन्दबहादुर पुन
-
गृहमन्त्री रामबहादुर थापा बादल
-
मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी
-
पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल
-
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द,
-
पूर्व सभामूख सुभासचन्द्र नेम्वाङ
-
पूर्व सभामुख ओनसरी घर्ती
-
पूर्व गृहमन्त्री भिम रावल
-
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ
-
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल
-
नेपाली कांग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेल
-
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला
-
नेपाली कांग्रेसका नेता शशांक कोइराला
-
नेपाली कांग्रेसका उप–सभापति विजयकुमार गच्छदार
-
संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र महतो
-
संघिय समाजबादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, लगायत नेताहरु