काठमाडौं, २२ कार्तिक । नेकपाका प्रभावशाली नेता तथा उर्जामन्त्री वर्षमान पुनले जनवादी गायक जीवन शर्मासँगै क्रान्तिकारी गित गाएका छन् ।
लामो समय सशस्त्र युद्धमा जनमुक्ती सेनाको कमाण्डर समेत भएर शान्ति प्रक्रियामा आएपछि पटक पटक मन्त्री बनेका उनलाई पुल्चोक स्थित मन्त्री क्वाटरमै जनवादी गायक जीवन शर्माले स्वर मिलाउन लगाए ।
विहीबार बेलुका रक्तिम परिवारको कलाकारसँगै पुगेका शर्माले चर्चित जनवादी गित ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ बोलको गीत गाएका थिए ।
शर्मासँगै स्वर मिसाइरहेका उनलाई उनकी पत्नि तथा पूर्व सभामुख ओनसरी घर्ति मगरले तालीबजाएर सघाएकी थिइन् ।
पुनले शर्मासँगै यसरी गाएका थिए भिडियोमा हेर्नुहोस्