करेण्ट लागेर र गाडीभित्रै जलेर सर्लाहीका दुई बालकको मृत्यु

Diyo post  

सर्लाही, कात्तिक २२ । सर्लाहीको मलङ्गवमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ ।

दिपावलीको लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० निवारी नरेश साहको सात वर्षीय छोरा निसान्तको करेण्ट लागेर मृत्यु भएको हो ।

त्यस्तै ब्रहम्पुरी गाउँपालिका–७ नोकैल्वामा गाडीभित्रै दिपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा धनिकलालको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताएका छन् ।(रासस)

सम्बन्धित खबर