सांसदको गाडीमा ढुङ्गा प्रहार गर्ने पासाङ दोर्जे पक्राउ

diyopost.com
Diyo post  सोमबार, कार्तिक २६, २०७५ | २२:४४:२०

 

काठमाडौँ, २६ कात्तिक । महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्काल पानीट्याङ्की नजीक सडकमा बा१९च ४९८ नम्बरको गाडीमा हिँडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई आज पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता पूजा सिंहले सांसद दुलाल गाडीमा हिँडिरहेको अवस्थामा शेर्पाले ढुङ्गा प्रहार गरेकाले पक्राउ गरिएको जानकारी दिएका छन३ । ढुङ्गा प्रहारबाट सांसद सवार गाडीको अगाडिको सिसा चर्केको छ भने सँगै रहेको बा ३ च ९७१९ नम्बरको गाडीको अगाडिको सिसासमेत फुटेको छ । प्रहरीले शेर्पासँगै बा ४४ प २७७१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रवक्ता सिंहले बताए ।

सम्बन्धित खबर