काठमाडौँ, कात्तिक २९ । पुर्वराजा विरेन्द्र र उनको परिवारका सदस्यको नाममा रहेको केही सम्पत्ती नेपाल ट्रस्टको नाममा गर्ने मन्त्रीपरिषदले निर्णय गरेको छ ।
विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको वैठकले पुर्वराजा र उनका परिवारको नाममा कमलादी, गोकर्ण र मध्यपुर ठिमिमा रहेका जमिनहरु ट्रस्टको नाममा गर्ने निर्णय गरेको हो ।
कमलादीमा रहेको १४ आना, गोकर्ण राज निकुञ्जको कम्पाउण्ड बाहिर कित्ता नम्बर १२ र १३ मा रहेको करिब ७१ रोपनी जग्गा सरकारले ट्रस्टको नाममा गर्न लागेको हो । भक्तपुरस्थित मध्यपुर ठिमिको वडा ९ वोडेमा रहेको करिब ७१ रोपनी जग्गालाई पनि सरकारले ट्रस्टको नाममा गर्न लागेको हो ।
विहीबार बसेको मन्त्रीपरिषद वैठकले पधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा राजन भट्टराईलाई नियुक्त गरेको छ । त्यस्तै इजरायल र दक्षिण अफ्रिकाको लागि नेपाली राजदुतका रुपमा कार्यरत निरञ्जनकुमार थापा र अमृतबहादुर राईलाई तीन हप्ताको समय दिई फिर्ता बोलाईएको छ ।