आइजिपी सर्वेन्द्र खनाल बसेको ‘सोफा’ ३८ क्विन्टल सुन तस्करीका ‘नाइके’ले कब्जा गरेपछि…..

diyopost.com
Diyo post  सोमबार, मंसिर १०, २०७५ | १४:५५:१०

काठमाडौं, १० मंसिर । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल दुवई भ्रमणका क्रममा एक विवादास्पद कार्यक्रममा सहभागी भएपछि चर्को आलोचना भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा युनाइटेड अरब इमिरेट्सको दुबईमा मंसिर २ देखि ५ गतेसम्म सञ्चालन भएको इन्टरपोलको ८७औं महासभामा भागलिन दुबई पुगेका खनालले ३८ क्विन्टल किलो सुन तस्करीका प्रमुख अभियुक्त मध्येका ठाकुर प्रसाद ढुङ्गानालाई भेटेपछि विवाद उत्पन्न भएको हो ।

यसअघि उच्च अदालत विराटनगरबाट फररा सुचीमा रहेका उनी राजनीतिक पहुँच प्रयोग गरेर १० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

इन्टरपोलको महासभामा माग लिन नेपालबाट आईजीपी खनालसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० निरज शाही, इन्टरपोल शाखाका प्रहरी उपरीक्षक (एसपी) उमेशराज जोशी, कुकुर शाखाकी प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० देउती गुरुङ लगायतका अधिकारी पुगेका थिए । उनीहरुले सुनकाण्डका आरोपितसँग रिट्रिट समेत गरेको पाइएको छ ।


इन्टरपोलको सम्मेलन सकिए लगत्तै आइजीपी खनाल प्रमुख अतिथि बनेर गैरआवासीय नेपाली संघ (एनआरएन) को वार्षिकोत्सवमा सहभागी भएका थिए । उनले सो अवसरमा मन्तव्य समेत राखेका थिए । खनाल बोल्नुभन्दा अघि ३८ किलो सुन तस्करीका नाइके ठाकुर प्रसाद ढुङ्गानाले समेत मन्तव्य राखेका थिए ।
आइजीपी खनाल मन्तव्य राख्न मञ्चमा गएको बेला ढुङ्गानाले भने खनाल बसेको सिट नै कब्जा गरेर बसेका थिए ।

३८ किलो सुन तस्करीको छानबीनका क्रममा काठमाडौं स्थित ढुङ्गानाले सञ्चालन गरेको कान्तिपुर होलिडेजमा उच्च स्तरिय छानबीन समितिले सिलबन्दी गरेको थियो ।

बुधबार नै विवादास्पद व्यक्तिहरूले युएईको ‘रस अल खेमा’मा रात्रिभोजसमेत आयोजना गरेका थिए। त्यहाँ आइजिपी खनालले सुन तस्करी र कर छलीमा परेका व्यापारी दीपक मल्होत्रालाई समेत भेटेको बताइएको छ ।

बिहीबार आइजिपी ‘डेजर्ट सफारी’मा गएका थिए। शुक्रबार एनआरएनएको कार्यक्रममा सुन तस्करका नाइके ढुंगानासँग भेट भएको थियो।

धादिङको निलकण्ठ नगरपालिका ५ खाल्टे घर भएका ढुङ्गाना कुनै समय सामान्य नागरिक थिए । व्यापारिक शिलशिलामा दुवई पुगेपछि उनले सुन तस्करसँग साँठगाठ बढाएका थिए ।

सम्बन्धित खबर