चौतर्फी विरोध र आलोचना पश्चात जोर विजोर प्रणाली हटाइयो ( सुचनासहित)

Diyo post  

काठमाडौँ, मंसिर १४ । एसिया प्यासिफिक सम्मेलनलाई मध्यनजरमा राख्दै विहीबार देखी सवारी साधनमा लागु गरेको जोर बिजोर प्रणाली शुक्रबार देखी हटाइएको छ । १६ गतेसम्म लागु गरिने भनिएको जोर बिजोर प्रणाली चौतर्फी विरोधपछि हटाइएको हो ।

शुक्रबार महानगरिय प्रहरी महाशाखाले सुचना जारी गर्दैै जोर बिजोर प्रणाली विहान साँढे ११ बजेबाट हटाइएको जानकारी गराएको छ । आइएनजिओको कार्यक्रमलाई पनि सरकारले आवश्यकता भन्दा बढि महत्व दिएको र सर्वसाधारणलाई सास्ती दिएको भन्दै सरकारको चौतर्फी आलोचना भएकपछि गृहमन्त्रालयको निर्देशनमा जोर बिजोर प्रणाली हटाइएको हो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले त सरकारले लागु गरेको जोर बिजोर प्रणालीलाई अवज्ञा गर्नसमेत आह्वान गरेको थियो ।

शुक्रबारबाट शुरु हुने एसिया प्यासिफिक सम्मेलनमा भाग लिनको लागिकम्बोडियाका प्रधानमन्त्री, म्यानमारकी आङ साङ सुकी लगायत विभिन्न देशका विशिष्ठ व्यक्तिहरु विहीबार नै नेपाल आइपुगेका थिए । नेपाल सरकार सम्मिलित नहुने उक्त सम्मेलनलाई समेत सरकारले महत्व दिएको र अन्तराष्ट्रिय रुपमा विवादित बनेका व्यक्तिहरुलाई समेत सरकारले सम्मान गरेको भन्दै सरकारको चर्को आलोचना भएको छ ।

सम्बन्धित खबर