विमानस्थलकाे पार्किङ वे मा श्री एयर र यति एयरको जहाज ठोक्कियो

विमानस्थलकाे पार्किङ वे मा श्री एयर र यति एयरको जहाज ठोक्कियो

काठमाडौँ, कात्तिक २२ । त्रिभुवन विमानस्थलमा दुई जहाजहरु एकआपसमा ठोक्किएका छन् । विमानस्थलका आन्तरिक पार्किङ वेमा पार्किङ गरेर राखिएको यति एयरलाईन्सको जहाजलाई श्री एयरलाईन्सको जहाजलाई छोएको हो ।

विमानस्थलका कर्मचारीका अनुसार श्री एयरलाईन्सको जहाज पार्किङको लागि जाँदै गर्दा यति एयरको जहाजलाई सामान्य रुपमा छोएको हो ।

नीजि कम्पनीका दुई जहाजहरु ठोक्किएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वमा दुई कम्पनीका अधिकारीहरुले जहाजमा क्षति पुग नपुगेको निरिक्षण गरिरहेको छ ।

Trending News