आलमबिरुद्धको बाँकी थुनछेक बहस सोमबार

आलमबिरुद्धको बाँकी थुनछेक बहस सोमबार

काठमाडौँ, कात्तिक २२ । निलम्वित सांसद मोहम्मद आफ्ताव आलमको थुनछेक बहस सोमबार हुने भएको छ । आइतबार प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएपछि आफ्ताव आलमबिरुद्धको बाँकी थुनछेक बहस सोमबारको लागि सरेको हो ।

मुस्लिम धर्म प्रवर्तक मोहम्मद पैगम्बरको जन्मजयन्तीको अवसरमा प्रदेश २ सरकारले कार्तिक २४ गते विदा दिने निर्णय गरेको हो ।

सरकार पक्ष र जाहेरवालाको तर्फबाट वकालतनामा परेका सबैको शुक्रबार बहस सकिएको छ । बहस सकिएपछि रौटहट जिल्ला अदालतले आइतबार साढे १० बजे बहसका लागि उपस्थित गराउने गरि आलमलाई प्रहरीको जिम्मा लगाएर पठाएको थियो ।

आलमका तर्फबाट शुक्रबारसम्म ३४ जनाले वकालतनामा भरेको पराजुलीले जानकारी दिए । प्रतिवादी तर्फका कानुन व्यावसायीको बहस मंगलबारसम्म टुंगिने संभावना छ ।

Trending News