भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर गोप्य रुपमा काठमाडौंमा

दियो पोस्ट  

काठमाडौं, कार्तिक ३० । भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर शुक्रबार राती कसैलाई पनि थाहा नदिईकन काठमाडौं आएका छन् । गोप्य रुपमा आएका उनलाई विशेष सुरक्षा लिएर होटलमा लगिएको थियो ।

युनिसेफको पोषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आएका हुन् ।

विमानस्लथमा उनलाई युनिसेफका पदाधिकारीले स्वागत गरेका थिए । युनिसेफको सदभावना दूत रहेका तेन्दुलकरले कीर्तिपुरको मैदानमा शनिबार नेपालका पूर्व खेलाडी बिनोद दासको टिमसँग च्यारिटी खेल खेल्ने भएका छन् ।

दुवै टिममा युनिसेफले स्कुलका विद्यार्थीलाई समावेश गरेर टिम गरिएको छ । सचिन काठमाण्डौको द्वारिका होटेलमा बसेका छन् ।

शनिबार कीर्तिपुर मैदानमा बिहान १० बजेबाट खेल सुरु हुनेछ ।

बालबच्चालाई पौष्टिक आहारका विषयमा सचेतना अभियानअन्तर्गत उनि समावेश गरिएका हुन् ।

सिफारिस