
एजेन्सी, मंसिर ६ । इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि भ्रष्टाचारको आरोप लागेको छ । महान्यायाधिवक्ताले घुस लिएको, जालझेल गरेको, निष्ठा भङ्ग गरेको अभियोग लगाएका छन्।
धनी व्यापारीले दिएको उपहार स्वीकारेको र आफ्नो पक्षमा सकारात्मक समाचार प्रवाहका निम्ति पक्षधरता लिएको नेतन्याहुमाथि आरोप छ।
प्रधानमन्त्री नेतान्याहुले आफूमाथि लागेका आरोपहरूलाई कू गर्ने प्रयासको रूपमा अर्थ्याउँदै गलत भावनाबाट उक्त प्रक्रिया प्रेरित रहेको बताएका छन् ।
आफूमाथि आरोप लागेपनि राजीनामा नदिने र कानुनी रूपमा त्यसो गर्न बाध्य नभएकोमा प्रधानमन्त्री नेतान्याहूको भनाई छ ।
नेतन्याहुले अधिकारीहरू सत्यको पछि नलागेर आफ्नो पछि लागेको भन्दै अनुसन्धानकर्ताहरूमाथि अनुसन्धान गर्न आग्रह गरे।
नेतन्याहुका प्रधानमन्त्री पदका प्रतिस्पर्धी बेनी गन्ट्सले बुधवार संसद्मा बहुमतसहितको गठबन्धन सरकार बनाउन आफू विफल भएको बताएका थिए।