यौन दुर्व्यावहारको आरोपी सिइओ उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्षमा निर्वाचित

diyopost.com
दियो पोस्ट  बुधबार, कार्तिक १७, २०७८ | १९:२७:०५

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्षमा चयन भएका छन् ।  बुधबार २ बजेसम्म मनोनयन गर्ने समय रहेकामा उपाध्यायको मात्रै उम्मेदवारी परेको हो । उनलाई सर्वसम्मत अध्यक्ष बनाइएको हो ।

आगामी कार्तिक २३ गते हुने संघको साधारण सभामा उनलाई अध्यक्ष घोषणा गरिने छ । हाल उपाध्यक्ष रहेका उनीमाथि केही महिनाअघि यौन दुर्व्यवहारको आरोप लागेको थियो । पीडित महिलाले दिएको जाहेरी सहित दियोपोस्ट डटकमले खबर प्रकाशन गरेको थियो ।

कार्यसमिति सदस्यमा एनआइसी एशिया बैंकका सिइओ रोशन न्यौपाने र लक्ष्मी बैंकका सिइओ अजय विक्रम साहको उम्मेदवारी परेको छ । उनीहरु समेत सर्वसम्मत सदस्यमा निर्वाचित हुने भएका छन् ।

कृषि विकास बैंकका सिइओ अनिल उपाध्यायले कार्यालय भित्रै यौन दुर्व्यवहार गरेको आरोप !

सम्बन्धित खबर