अनामनगरस्थित कार्की भवनमा भिषण आगलागी

diyopost.com
दियो पोस्ट  शुक्रबार, कार्तिक १९, २०७८ | ०:२६:०४

काठमाडौं । अनामनगरस्थित कार्की भवनमा भिषण आगलागी भएको छ ।

बाजेको सेकुवा पछाडि रहेको कार्की भवनस्थित फर्निचर शोरुम रहेको घरमा भीषण आगलागी भएको हो। कार्की भवनको ६ तले घरमा राति करिब ८ बजेबाट आगलागी सुरू भएको प्रदक्षदर्शीहरुले जनाएको छ ।

घटनास्थलमा पुगेको एक प्रहरी अधिकारीका अनुसार उक्त भवनको पहिलो र दोस्रो तलामा फर्निचर शोरुम रहेको र त्यहीँबाट आगलागी सुरू भएको हो । लक्ष्मीपूजा गर्दा दियो बालेर सञ्चालकले पसल बन्द गरेका थिए । आगो निभाउन दुई वटा दमकल, प्रहरी र स्थानीयले प्रयास गरिरहेको छ ।

आगलागी लगभग नियन्त्रणमा आएको छ । उक्त शोरुमका सञ्चालक अशोक ढकाल हुन्।

सम्बन्धित खबर