मदिरा पिएर लफडा गरेपछि बोर्डका सीइओ धनन्जय रेग्मीले कस–कसलाई फोन गरे ?

diyopost.com
दियो पोस्ट  सोमबार, कार्तिक २२, २०७८ | १७:५१:४५

काठमाडौं । त्रिभुवन विमानस्थल भित्र मदिरा पिएर लफडा गर्ने पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीले लफडापछि अर्थमन्त्री जनार्दन शर्मालाई फोन गरेको पाइएको छ ।

रेग्मीले फोन गरेपनि शर्माले भने फोन नउठाएको रेग्मीले बताएका छन् ।

उनले विमानस्थलमा आफूविरुद्ध भएको कदमबारे मन्त्रीहरुलाई बताउन खोजेको तर कसैले पनि फोन नउठाएको आरोप लगाएर आफ्नो कुकर्मबाट भाग्ने कोशिस गरेका छन् ।

‘अर्थमन्त्रीले फोन उठाएको भए त्यतिखेर नै सर्ट आउट गर्थेँ,’ उनले भनेका छन्,‘चार घन्टा म विमानस्थलमा अडिनु पर्‍यो यसैका कारण ।’ उनको यो भनाइबाट रेग्मीले पावर लगाएर छुट्न खोजेको पुष्टि हुन्छ ।

त्यति मात्रै होइन उनले भन्सार कर्मचारी युनियनको पावर समेत लगाएको खुलाशा भएको छ । रेग्मीले ५ हजार रुपैयाँ जरिवाना नतिर्नका लागि एमाले र कांग्रेस निकट कर्मचारी युनियनलाई गुहार मागेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासमा खटिएका भन्सारका नायव सुब्बा सुमन थापालाई उनले कुटपीट गरेका थिए ।

उनले ६ वटा बोतल रक्सी ल्याउन नपाएपछि सुब्बा सुमन थापामाथि हातपात गरेका थिए । उनले मदिराकै तालमा थापामाथि हातपात गरेको पुष्टि भएको थियो ।

 

 

 

सम्बन्धित खबर