किशोरी बलात्कारको अभियोगमा कार्गो व्यावसायी मनोज अधिकारी पक्राउ !

diyopost.com
दियो पोस्ट  सोमबार, कार्तिक २२, २०७८ | १७:३१:३९

काठमाडौं । बलात्कार गरेको अभियोगमा कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । उनलाई काठमाडौं प्रहरीले ठमेलबाट पक्राउ गरेको हो । उनीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा अभियोग दर्ता भएपछि कमलपोखरी बृत्तले उनलाई पक्राउ गरेको हो ।

अधिकारीमाथि १६ वर्षिय किशोरीमाथि करणी गरेको अभियोग छ । जिल्ला अदालत काठमाडौंबाट ५ दिने म्याद थप गरि उनीमाथि अनुसन्धान थालिएको छ ।

अधिकारीले गत कार्तिक ८ गते ती किशोरीलाई रातोपुलस्थित एक रेष्टुरेन्टमा बलात्कार गरेको अभियोगमा उल्लेख छ ।

 

प्रहरीले पीडित युवतीको घाउ जाँच, बयान र घटनास्थलको अनुसन्धान हुँदैछ ।

बलात्कार अभियुक्त अधिकारीले काठमाडौंमा लेजेन्ड कार्गो समेत सञ्चालन गर्दै आएको प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरी तथा नेपाली सेनाका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेका अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित खबर