डोल्पामा गाउँपालिका अध्यक्षसहित वडाध्यक्षको समुह नै माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

diyopost.com
दियो पोस्ट  बुधबार, कार्तिक २४, २०७८ | २०:४७:३६

डोल्पा । उपल्लो ढोल्पा भनेर चिनिने डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहित वडाध्यक्षहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरुलाई प्रवेश गराउन माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्ड हेलिकोप्टर लिएर पुगेका थिए । उनी नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा पुगेका हुन् । उनीसँगै माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत,अर्थमन्त्री जनार्दन शर्मा, पुर्व शान्ति मन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडी र अर्थमन्त्री शर्माकी श्रीमति लगायतले पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा पुगेका उनीहरुले डोल्पाको से फोक्सुन्डो तालमा समेत रमाइलो गरेका थिए ।

माओबादी केन्द्रमा प्रवेश गर्ने वडा अध्यक्षहरुमा वडा नं १ का अध्यक्ष क्याल्पो थापा भोटे,वडा नं २ का अध्यक्ष छोईक्याप भोटे,वडा नं ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ रहेका छन्। जनप्रतिनिधि सँगै दुईदर्जन धेरै स्थानीय युवाहरु समेत माओबादी केन्द्रमा प्रवेश गरेको स्थानियले बताएका छन् ।

 

सम्बन्धित खबर