ईच्छाराज विरुद्ध १४ सय ११ जनाको उजुरी, ५ अर्ब ४९ करोड विगो दाबी !

diyopost.com
दियो पोस्ट  आइतबार, कार्तिक २८, २०७८ | १७:२७:५४

काठमाडौं । सिभिल समुहका अध्यक्ष तथा पूर्व सांसद ईच्छाराज तामाङ विरुद्ध १४ सय ११ जनाले उजुरी दिएका छन् । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीको हिरासतमा रहेका तामाङ विरुद्ध ५ अर्ब ४९ करोड विगो रकम माग भएको छ ।

ब्युरोका प्रवक्ता एसपी श्याम कुमार महतोका अनुसार हिरासतमा रहेका तामाङलाई भोली म्याद थप्ने तयारी छ । उनी विरुद्ध संगठीत अपराध र ठगीमा अनुसन्धान भइरहेको छ ।

गत असोज १८ गते सिआइबीले तामाङ, सिभिलि सहकारीका अध्यक्ष तथा उनका मामा ससुरा पर्ने केशवलाल श्रेष्ठसहित १२ जना कर्मचारीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरु एक महिना १० दिनदेखि हिरासतमा छन् ।

सिभिल सहकारीको ८ अर्ब भन्दा बढी रकम ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । इच्छाराजले आफ्नो आफन्तका नाममा सहायक कम्पनी खडा गरेर अर्बौं रकम हिनामिना गरेका थिए ।

सम्बन्धित खबर