काठमाडौँ । नेपाल रेडक्रस सोसाईटीको विशेष महाधिवेशनमा लफडा भएको छ । लफडा भएपछि विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो ।
विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका रेडक्रस सम्बद्ध व्यक्तिहरुले तोडफोड गरेका हुन् ।
रेडक्रसका सभा विथोलिएपछि असन्तुष्ट समुहले ज्याकेट समेत कब्जा गरेर लगेको छ । उनीहरुले कर्सी समेत भाँचेका छन् ।
रेडक्रसले कारबाही गरेका १६ जिल्ला समितिबाट आएकाहरुले सभास्थल बिथोलेका थिए । रेडक्रसको विधि र विधान विपरीत काम गरेका,वैधानिक दायित्व पूरा नगरेका ती जिल्ला समितिहरु भंग गरेर विधान बमोजिम केन्द्रीय समितिले तदर्थ समिति गठन गरिदिएको थियो । सुनसरी, मोरङ,सिराहा, रौतहट, पर्सा, काठमाडौं, गोरखा, रोल्पा, जाजरकोट, रूकुम पश्चिम, हुम्ला, चितवन, बागलुङ, मकवानपुरलगायतका जिल्ला समितिहरुले काम नगरेपछि नयाँ तदर्थ समिति गठन भएको थियो ।
आइतबार रेडक्रसले संघीयता अनुकूल हुने गरी विधान संशोधन गर्नका लागि महाधिवेशन गर्न लागेको थियो ।
सभास्थल बिथोलेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।