यसरी बाँडिएको छ प्रधानन्यायाधीश चोलेन्द्रको पक्षमा आउनेलाई हात हातै पैसा (फोटो भिडियो)

diyopost.com
दियो पोस्ट  सोमबार, कार्तिक २९, २०७८ | १९:५५:२६

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा आन्दोलनमा आउनेलाई लज्जास्पद ढंगबाट नगद हातहातमा बाढिएको छ । उनको पक्षमा भइरहेको स्वतन्त्र न्यायालयको नामको आन्दोलनमा सहभागीहरुलाई नगदै पैसा बाढिएको पाइएको हो ।

प्रधानन्यायाधीश जबराको पक्षमा उनीहरुले केहीदिन अघि देखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा सहभागीहरुलाई विचौलियाहरुले प्रतिव्यक्ति ४ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म दिएको पाइएको हो ।

खुजुरा पैसा नभएपछि विचौलियाहरुले स्थानिय पसलबाट खुजुरा साट्दै सहभागीलाई ४ सयदेखि १ हजार रुपैयाँ सम्म वितरण गरेका हुन् । सोमबार प्रदर्शनमा आएका सहभागीहरुले ‘भोली नेपाल बन्दको पनि पैसा चाहिन्छ’ भन्दै आवाज समेत उठाएका थिए ।

आन्दोलनमा सहभागीहरुले नाम लेखाएपछि मात्रै प्रति व्यक्तिका दरले पैसा पाइने बताए । ‘घरमा यसै बस्नु भन्दा ५ सय भनेपनि आउँछ । ७/८ दिन यस्तै चलिरहे त ८/१० हजार कमाई हुन्थ्यो,’ एक सहभागीले भने,‘म त जावलाखेलमा मजदुरी गर्ने मान्छे हुँ ।’

आन्दोलनमा सहभागीहले कसैले एक हजार पाएको त कसैले २ हजार पाएको बताए । कतिपयले भने ४ सय रुपैयाँमै आन्दोलनमा आएको बताए ।

आश्चर्य त के भने आन्दोलनमा सहभागीहरुलाई ‘भ्रष्टाचारी न्यायाधीशलाई कारबाही गर’ भन्ने ब्यानर भिराइएको थियो । उनीहरुले लेखेको ब्यानर समेत असुद्ध थियो ।

सम्बन्धित खबर