त्रिपुरासुन्दरीका प्रशासकीय अधिकृत इटनीले मंसिरको हाजिरी कार्तिकमै गरेर सरुवा भएको खुलाशा

diyopost.com
दियो पोस्ट  मंगलबार, कार्तिक ३०, २०७८ | १९:४३:२६

 

धादिङ । स्थानिय तहमा सरकारी कर्मचारीले कतिसम्म बद्मासी गर्छन् भन्ने पछिल्लो प्रमाण धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा फेला परेको छ । गाउँपालिकाबाट काज फिर्ता भई नयाँ अर्को प्रमुख प्रशासकिय अधिकृत आइसक्दा पनि यस अघिका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र इटनीले मंसिर १ गते सम्मको अग्रिम हाजिरी गरेको पाइएको हो ।

 

चिकित्सा विज्ञान आयोगमा दरबन्दी भई काजमा त्रिपुरासुन्दरीको प्रमुख प्रशाकिय अधिकृतको भू्िमकामा रहेका इटनीलाई काज फिर्ता भई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा अवस्तामा इटनीले मंसीर १ गते सम्मको हाजिरी अग्रिम गरेको पाइएको हो ।

 

 

इटनीले भने आफुले नियत बस अग्रिम हाजिरी नगरेको र कार्तिक १ गते हाजिरी गर्ने क्रममा त्रुटी हुन गई तल्लो रोमा हस्ताक्षर गर्दा मंसीर १ को कोलममा पुगेको बताए । तर, उनले कार्तिक एक गते पनि हाजिरी गरेका छन् । इटनीले समाचार कसले दियो भन्दै समाचारको स्रोतमाथि प्रश्न गरे ।

त्रिपुरासुन्दरीमा कात्तिक २५ गते देखि प्रमुख प्रशासकिय अधिकृतमा इन्द्र बहादुर खतिवडाले हाजिर गरेका छन् भने यस अघिका प्रमुख प्रशासकिय अधिकृत इटनीले पनि प्रमुख प्रशासकिय अधिकृत नै भनेर मंसिर १ गते सम्म अग्रिम हाजिरी गरेको सत्य भएको स्थानीय जनप्रतिनीधिहरुको दावी छ ।

यता नयाँ प्रशासकीय अधिकृत खतिवडाले यसअघिको हाजिरी आफूले नहेरेको तर, आफूले भने हाजिरी गरेको बताए ।

सम्बन्धित खबर