राजेन्द्र बजगाइँको ‘घृणित’ राजनीति : हेलिकोप्टर शुल्क विरामीका आफन्तलाई तिराएर आफ्नो प्रचार प्रसार !

diyopost.com
दियो पोस्ट  सोमबार, मंसिर ०६, २०७८ | १६:४५:४४

शनिबार गोरखाको आरुघाट गाउँपालिका १ मान्बुका ४० वर्षिय लाटा गुरुङ घर नजिकै घाँस झार्न रुखमा घढ्दा गम्भिर घाइते भए । नजिकै रहेको रिचेत हाइड्रोपावरले तार व्यवस्थित नगर्दा उनलाई करेन्ट लागेको थियो । करेन्टका कारण उनको खुट्टामा गम्भिर चोट लागेपछि हेलिकोप्टर मार्फत उद्दार गरि काठमाडौं ल्याइएको छ ।

विरामीलाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार गराइँदै आएको छ । तर, विरामीको खुट्टाको घाउमा समेत राम्रोसँग ड्रेसिङ नगरिएको भन्दै वडा नम्बर १ का वडाध्यक्ष सोम घलेले शिक्षण अस्पतालले चरम बेवास्था गरेको बताए ।
विरामी उद्दारको क्रममा लागेको हेलिकोप्टर खर्च विरामीसँगै आउने मेघ बहादुर गुरुङले ब्यहोरेको वडाध्यक्ष घलेले बताए ।

‘उपचारका लागि राजेन्द्र बजगाइँले १० हजार रुपैयाँ दिनु भएको हो । त्यो बाहेक कसैले केही सहयोग गरेको छैन,’ घलेले भने,‘हेलिकोप्टरले लिने सबै शुल्क विरामीकै आफन्त मेघ बहादुर गुरुङले दिनु भएको हो ।’

घाइते गुरुङको उपचार खर्च पनि मेघ बहादुरले नै व्यहोरेका छन् । ‘हेलिमा आउन त पैसा त लिएर आउनु पर्यो । मेख बहादुर भाइले नै तिरेछ,’ घलेले दियोपोस्टसँग भने ।

यता कांग्रेस नेता राजेन्द्र बजगाइँले भने विरामीको उद्दारमा सबै खर्च उनले नै ब्यहोरेको आसयमा प्रचार गरिरहेका छन् । उनको उद्दारपछि बजगाइँले आफू निकट अनलाइनलाई आसन्न महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यको ‘उम्मेदवार’ भनेर समेत लेखाएका छन् । कांग्रेस निकट अनलाइनले त उनको तस्विर समेत राखेर बजगाइँले नै उद्दार गरेको र हेलिकोप्टरको शुल्क समेत तिरेको दाबी गरेका छन् ।

 

बजगाइँले सामाजिक सञ्जाल फेसबुकमा समेत ‘आफूले उद्दार गरेको निर्धनको खर्च नब्यहोरेको उदाहरण छैन’ भन्दै उक्त घटनामा उद्दारको रकम तिरेको दाबी गरेका छन् ।
‘माझगाउँ मान्बु आरुघाट १ गोरखाका लाटा गुरुङ गम्भिर दुर्घटनामा पर्नु भएको छ, उहाँको उद्दारको तयारी गरिरहेको छु,’ मैले उद्दार गरेका सबै निर्धन खर्च नब्यहोरेको रेकर्ड छैन । दुष्प्रचार छर्नेहरु देख्दा कुनै शब्द छैन,’ बजगाइँले लेखेका छन् ।

यता गोरखाकै एक जना कांग्रेस नेता भने बजगाइँले आफ्नो क्षेत्रमा घृणित राजनीति गरेको आरोप लगाउँछन् । ‘उहाँले पटक पटक यस्तो घृणित राजनीति गर्दै आउनु भएको छ । विरामीको आफन्तले हेलिकोप्टर उद्दारको शुल्क तिर्ने तर प्रचार भने राजेन्द्र बजगाइँद्वारा उद्दार’ भन्दै गरिने गरेको छ,’ ती कार्यकर्ताले भने,‘महाधिवेशनको पूर्वसन्ध्यामा उनले गरेको घृणित राजनीतिको एउटा पाटो यो घटना पनि हो । सहयोग सबैले सबैलाई गर्नसक्छन् । तर, यसरी प्रचार नगर्न पनि सक्छन् । १० हजार दिएर पुरै उद्दार गरेको प्रचार गरिएको छ ।’

सम्बन्धित खबर