कांग्रेस युवा नेतृ लक्ष्मी खतिवडा भन्छिन्,‘मेरो उम्मेदवारलाई धम्क्याएर पैसाको खोलो बगाइयो’ !

diyopost.com
दियो पोस्ट  बुधबार, मंसिर ०८, २०७८ | १२:३४:१८

काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ लक्ष्मी खतिवडाले जारी कांग्रेस महाधिवेशनमा पैसाको खोलो बगाइएको खुलाशा गरेकी छिन् । नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा संस्थापन (शेरबहादुर देउवा) प्यानलबाट सभापतिको उम्मेदवार बनेकी उनले यस्तो बताएकी हुन् । संस्थापन पक्षका तिलक राईले आफू उम्मेदवार हुन नसक्ने बताएपछि खतिवडाले अन्तिममा उम्मेदवारी दिएकी थिइन् ।

‘अन्तिम समयमा धरान नगर मेयर तिलक राईजी क्षेत्रीय सभापतिको पदमा चुनावको मैदानबाट ब्याक भएपछि नोमिनेशन भन्दा दुई घण्टा अघि मैले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने निर्णय गरेँ,’ खतिवडाले भनिन्,‘यो कठोर निर्णय मैले केहि भावुकता अनि म भित्रको सबै ईमान्दारितालाई केन्द्रमा राखेर गरेकी थिएँ । मेरो प्यानलमा खडा भएका उम्मेदवारहरूलाई धम्क्याएर उम्मेदवारी फिर्ता गराईयो । पैसाको खोलो बगाइयो । म चुपचाप बसेँ । मतदान शुरू हुँदा घरीघरी यस्तो लाग्यो म २०६४ सालको माओवादीसँग चुनाब लडिरहेछु ।’

आफूले हार्ने निश्चित भएको चुनाव लडेको समेत उनले बताइन् । ‘हार्ने निश्चित भएको चुनाब लड्नु मेरो निर्णय थियो । राजनिती मेरा निम्ति कुनै फाइदाको ब्यापार या दलाली होइन । यो त मेरो सम्पुर्ण जिन्दगी हो । अघिल्लो महाधिवेशनमा निल देउवा प्यानलबाट यस पटक ३ जना महाधिवेशन प्रतिनिधिले बिजय प्राप्त गर्नु भएको छ,’ उनले भनिन्,‘यो सफलताको पहिलो इट्टालाई टेकेर अगाडी बड्ने प्रण गर्दछु । समयले मेरो कार्यकारी भूमिका खोज्यो र म तयार भए । प्रिय साथीहरू म अब धरानको नेता भएँ ।’

 

 

सम्बन्धित खबर