काठमाडौं । नेकपा एमाले नेता सुर्य थापाले आफ्नै भाई चन्द्र थापालाई महाधिवेशन प्रतिनिधि बनाएको खुलाशा भएको छ ।
प्युठान घर भएका थापाका भाई चन्द्र बहादुर थापा क्षेत्रीलाई महाधिवेशन प्रतिनिधि बनाइएको हो । हाल तिलगंगा आँखा अस्पतालमा लेखापालको रुपमा कार्यरत रहेका थापालाई तत्कालिन केपी ओली सरकारले स्वास्थ्य विमा बोर्डको बोर्ड सदस्य बनाइएको थियो ।
तत्कालिन प्रधानमन्त्री ओलीको प्रस संयोजक समेत रहेका सुर्य थापाले भाई चन्द्रलाई महाधिवेशन प्रतिनिधि बनाएको भन्दै एमाले भित्रै चर्को विरोध शुरु भएको छ ।
उनी महाधिवेशन प्रतिनिधि बनेर हाल चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी भएका छन् ।