नयाँ भेरियन्टको कोरोना संक्रण रोक्न सरकारको एक्सन, दक्षिण अफ्रिकाबाट नेपाल आउन प्रतिबन्द

diyopost.com
दियो पोस्ट  आइतबार, मंसिर १२, २०७८ | २२:२६:३५

काठमाडौं । कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट फेला परेपछि नेपाल सरकारले समेत उच्च सतर्कता अपनाएको छ । नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाएको छ ।

गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

दक्षिण अफ्रिकी मुलुकसँगै अन्य केही देशमा पनि ओमिक्रोन भेरियन्ट भेटिन थालेपछि छिमेकी मुलुक भारतले पनि यसको रोकथाम तथा नियन्त्रणका लागि उच्त सतर्कता अपनाउने निर्णय गरिसकेको छ ।

सम्बन्धित खबर