कांग्रेस धादिङ्गको सभापतिमा रामनाथ अधिकारी निर्वाचित

diyopost.com
दियो पोस्ट  सोमबार, मंसिर १३, २०७८ | ९:२३:२६

काठमाडौं । नेपाली कांग्रेस धादिङ्गको सभापतिमा पुराना नेता रामनाथ अधिकारी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी तथा निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानालाई पराजित गर्दै अधिकारी कांग्रेस जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति रामनाथ अधिकारीले ३६ मतले पछि पार्दै ढुंगानालाई पराजित गरेका हुन् । सभापतिमा निर्वाचित अधिकारी रामचन्द्र पौड्याल र शशांक कोइराला पक्षधर हुन् । पराजित भएका ढुंगाना सभापति शेर बहादुर देउवा पक्षधर हुन् ।

अधिकारीले १ हजार ८२ मत पाएका छन् भने ढुंगानाले १ हजार ८६ मत पाएका छन् । त्यस्तै उपसभापतिमा गेहेन्द्र बहादुर मल्ल र दल बहादुर अधिकारी विजयी भएका छन् । मल्लले १ हजार ६८ मत पाएका छन् । अधिकारीले एक हजार ६ मत पाएका छन् ।
सचिवमा रामकृष्ण पाण्डे र विकास श्रैष्ठल निर्वाचित भएका छन् । पाण्डेले १ हजार १२ मत पाएका छन् भने श्रेष्ठले १ हजार एक सय २१ मत सहित सर्वाधिक मत पाएका छन् ।

सहसचिवमा भने दुई जनाले बराबर मत ल्याएका छन् । क्रान्ति डल्लाकोटीले ९ सय ९५ मत पाएका छन् । त्यति नै मत पाएर विजय कुमार तामांग बराबरीमा अड्कीएका छन् । सचिवमा नवराज तिमिल्सिना विजयी भएका छन् । उनले एक हजार ९१ मत पाएका छन् । उनी रामनाथ पक्षका हुन् ।

सम्बन्धित खबर