काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति सदस्यमा बालकृष्ण ढुंगेल विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका ढुंगेले १६ सय ६६ मत प्राप्त गरेका हुन् ।
नेकपा एमालेको १० औँ महाधिवेशनको बन्द शत्रपछि सम्पन्न निर्वाचनमा ढुंगेल केपी ओलीको तर्फबाट उम्मेदवार बनेका थिए ।
सर्वोच्च अदालतको फैसलापछि विभाजित भएको नेकपामा ढुंगेल एमालेमा लागेका थिए । उनी ओखलढुंगाका चर्चित नेता हुन् । उनलाई ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या मुद्दामा जेल सजाय फैसला भएको थियो ।
राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा ढुंगेललाई आम माफी दिएकी थिइन् । ढुंगेलले आफूमाथि झूटो मुद्दा लगाएर फसाएको बताउँदै आएका छन् ।