काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई मजाक बनाइएको छ ।
मधेशी कोटाबाट ट्रेडमार्क चोरीक अभियुक्त व्यापारी मोतिलाल दुगड केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
विभिन्न बहुराष्ट्रिय कम्पनिको ट्रेडमार्क चोरीको अभियोगमा कारबाही भागेका दुगड अर्बपति व्यापारी हुन् ।
केपी ओली सरकारमा उद्योग राज्यमन्त्री र अन्तिममा ओलीकै आर्थिक सल्लाहाकार नियुक्त भएका उनी मधेसी कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।