पूर्णबहादुर खड्का र प्रचण्डबीच भेटवार्ता, गठबन्धनको सरकार बनाउनेबारे छलफल

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। खड्का खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए। भेटमा सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको खड्काले बताए। माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार बनाउने कुरामा कुनै द्विविधा नरहेको बताएको उनले बताए ।सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक भएपछि शीर्ष नेताबीच छलफल गर्ने विषयमा संवाद भएको खड्काले बताए।