एमाले सरकारकी विवादित मन्त्री पद्मा अर्याल पराजित, धनराज गुरुङ विजयी

- दियोपोस्ट  

स्याङ्जा – स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ विजयी भएका छन् ।

शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्मा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । गुरुङ ५ हजार ६२७ मतान्तरसहित जित हासिल गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाए । १ लाख १६ हजार ६७८ मतदाता रहेको क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो ।

यो क्षेत्रबाट २०७४ सालमा एमालेबाट अर्याल नै निर्वाचित भएकी थिइन् । उनी भूमि व्यवस्था तथा सहकारी मन्त्री रहेको बेला भूमि सम्बन्धी ऐन संशोधन गरेर एउटा व्यापारीक घरनालाई सरकारी जग्गा विक्री गर्ने योजना बनेको खुलाशा भएपछि विवाद भएको थियो ।

सिफारिस