दोलखामा माओवादीका कार्कीलाई पछि पार्दै शिवकोटीको फराकिलो अग्रता

दियो पोस्ट  

दालखा । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की पछि परेका छन्। सुरूवाती अग्रता लिएका कार्की पछिल्लो समय नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवकोटीभन्दा पछि छन् ।

शिवाकोटी १७ हजार ५ सय २८ मतसहित अघि छन् भने कार्कीले १५ हजार ७ सय मत ल्याएका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले २४६० मत ल्याएका छन्। मतगणना जारी छ।