रातारात दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

दियो पोस्ट  

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरणको कामले तीव्रता पाएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा ल्याइएको छ ।

मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए ।

उनले केही दिन अघिदेखि नै मुख्यमन्त्री कुलबहादुर केसी देउखुरीमै बसेर काम गरिरहेको बताए ।