यस्तो छ संसद सचिवालयले चोलेन्द्रलाई दिएको पत्र

दियो पोस्ट  

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव बुधबारदेखि निष्क्रिय बनेको छ । संसदका महासचिव डा. भरतराज गौतमले राणालाई ‘क्लिनचिट’ सहितको पत्र दिएका छन् । उक्त पत्रको जानकारी राष्ट्रपतिको कार्यालय, शीतल निवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद्‍मा दिइएको छ । आफूविरुद्धको महाअभियोग प्रतिनिधिसभाको कार्याल समाप्त भएकाले नियमित कार्यसम्पादन गर्नका लागि सम्बन्धित निकायमा जानकारीको मागसहित राणाले मंगलबार संसद सचिवालयमा निवेदन दिएका थिए । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बारको आकस्मिक बैठक जारी छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको बताए।
यस्तो छ पत्र