सर्वोच्चले सोधेको प्रश्नको जवाफ दिने संसद सचिवालयको तयारी, महासचिव परामर्शमा

दियो पोस्ट  

काठमाडौं । संघीय संसद सचिवालयले सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारी गरेको छ । त्यसका लागि संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतम आन्तरिक परामर्शमा जुटेका छन् । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि सर्वोच्च अदालतले गौतमसँग गत बुधबार जवाफ मागेको थियो । सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले महासचिव गौतमलाई संविधान र कानुनको कुन आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै प्रश्न गरेर पत्र पठाएका थिए । गत बुधबार संघीय संसदका महासचिव गौतमले चोलेन्द्रमाथिको महाभियोग निष्क्रिय भएको पत्राचार गरेका थिए ।